१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता जगदीश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको आरोप लगाएका छन् ।
काठमाडौंको थापागाउँमा महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सिंगापुरबाट पार्टी चलेको आरोप लगाए । जेनजी आन्दोलनपछि गम्भीर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजू राणा अहिले उपचारका लागि सिंगापुर पुगेका छन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर देउवा थप उपचारका लागि सिंगापुर गएका हुन् ।
उनले त्यसतर्फ इंकित गर्दै पार्टी सिंगापुरबाटै निर्देशित हुन पुगेको जिकिर गरे ।
‘सानेपा निरीह छ । सिंगापुरबाट चलेको छ । सिंगापुरबाटै निर्देशित छ’ उनले भेलामा भने, ‘सिंगापुर शक्तिशाली र बलियो भएको छ ।’
उनले निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट देउवा दम्पती फर्कने अनि चुनावमा जाने तयारी रहेको समेत जिकिर गरे ।
‘निर्वाचनमा आफू अनुकूल टिकट वितरण गर्न सिंगापुरबाट फर्कने अनि चुनावमा जाने गरी फर्कने तयारी छ’ उनले भनेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4