+
+
Shares

९ पार्टीको एकीकरण वामपन्थीलाई एउटै केन्द्रमा ल्याउने कोसेढुंगाको प्रस्थान बिन्दु हो : नारायणकाजी

९ वटा पार्टीहरूले एकताका लागि हस्ताक्षर गरिसकेको भन्दै उनले कम्युनिस्ट आन्दोलनको नयाँ शिराबाट एकीकरण र पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १५:४८

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरू एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिले भएको एकीकरणलाई कोसेढुंगाको प्रस्थान बिन्दुको रूपमा लिएर अगाडि बढ्ने बताएका छन् ।

प्रज्ञा-प्रतिष्ठानमा भएको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अगाडि भने, ‘जो-जो सकारात्मक दिशातिर राष्ट्रिय स्वाधीनताको पक्षमा आउँछन् । सुशासन र समृद्धिको पक्षमा आउँछन् । जो सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधारमा पक्षमा आउँछन् र रणनीतिक रूपमा समाजवादको पक्षमा आउँछन्, ती सबैलाई हामीले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनको एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिलेको एकीकरण त्यसको निम्ति कोसेढुंगाको रूपमा प्रस्थान बिन्दुको रूपमा अगाडि बढाउन चाहन्छौं ।’

९ वटा पार्टीहरूले एकताका लागि हस्ताक्षर गरिसकेको भन्दै उनले कम्युनिस्ट आन्दोलनको नयाँ शिराबाट एकीकरण र पुनर्गठनका लागि अगाडि बढ्ने निर्णय गरिएको उनले बताए ।

कम्युनिस्ट आन्दोलनको एकीकरण र पुनर्गठनको यो नयाँ पहललाई अगाडि बढाउँदा तीनवटा कुरामा ध्यान दिइएको उनले बताए ।

पहिलो- एकीकरण समग्र नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक रुपान्तरण पुनर्गठनको प्रक्रियाको कोसेढुंगाको प्रस्थान बिन्दुको रूपमा काम गर्नुपर्छ । यसले देशमा भएका सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई सकारात्मक दिशातिर राष्ट्रिय स्वाधीनताको पक्षमा आउँछन् । सुशासन र समृद्धिको पक्षमा आउँछन् । सामाजिक न्याय सहितको समृद्धि र समाजवादको आधारमा पक्षमा आउँछन् । रणनीतिक रूपमा समाजवादको पक्षमा आउँछन् । ती सबैलाई नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनको एउटै केन्द्रमा सामेल गर्ने उद्देश्यका साथ अहिलेको एकीकरण भएको हो ।

दोस्रो- एकताको निम्ति एकता मान्छे थुपार्नका लागि मात्रै भएको होइन । हाम्रो एकता रणनीतिक लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर विचार सिद्धान्त राजनीति विधि पद्धति संस्थागत सामूहिकता सर्वहारा प्रगतिशील संस्कृति र जनमुखी, वर्गमुखी, यो कुरालाई केन्द्रबिन्दुमा राखेर यसको निम्ति पार्टीलाई सिंगो पार्टीलाई कम्युनिस्ट आन्दोलनलाई रुपान्तरणसहित अगाडि बढाउनका निम्ति हामीले यो एकता गर्दैछौं । हामीले एकता एकीकृत पार्टीको कुरा गर्दा यो हाम्रो मिसनलाई भुल्नु हुँदैन ।

तेस्रो- जेनजी आन्दोलनमा उठेका मुद्दाहरू हामीले पनि उठाउँदै आएका थियौं । ती मुद्दाहरूलाई आत्मसात गरेर यसमा प्रभावित पार्ने र जेनजी सहितका युवा पुस्तालाई पनि पार्टी पुनर्निर्माण प्रक्रिया सामेल गर्ने उद्देश्यसहित नयाँ एकीकृत पार्टी पुनर्निर्माणको प्रक्रियामा अगाडि बढाइरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?