+
+
Shares

फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:१६
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताए ।

‘जसको प्रभाव छ, त्यसलाई मूल्यांकन गरेर यहीबाट एउटा नयाँ निर्णय गरौं । संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीका गगन भनेर चुनावमा जाऔं,’ सहमहामन्त्री मन्सुरले भने, ‘म कुरा लुकाएर हिड्ने मान्छे होइन । आम जनताको कुराहरूको निष्कर्ष मैले राखेको छु । अहिले गगनकुमार थापाको पक्षमा सबै नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।’

महामन्त्री थापाको सक्रियताले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर सम्भव भएको उनले बताए ।

‘त्यसकारण आउने चुनावमा गगन थापा प्रधानमन्त्रीको हाम्रो फेस हो,’ मन्सुरले भने, ‘एउटा विशेष सन्दर्भमा कांग्रेसले नीति र कार्यक्रम तयार गरोस् ।  एउटा नयाँ नेताको रूपमा यो चुनावलाई अगाडि लिएर जाऔं ।’

सहमहामन्त्री मन्सुरले संस्थापन पक्षबाट भनि आएको महाधिवशेनको कार्यतालिकाप्रति आफ्नो समर्थन नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?