+
+
Shares

गोरखामा मनाइयो ‘मकै सुकाउने’ पर्व

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ९:१६

१९ कात्तिक, गोरखा । गोरखा जिल्लामा ‘मकै सुकाउने’ पर्व मनाइएको छ । जिल्लाका नेवार समुदायले गोरखा नगरपालिका–६ ठुलोआँगनमा विभिन्न थरिका अन्न जूनको उज्यालोमा राखेर पर्व मनाएका हुन् ।

भुटेको मकै, बदाम, भटमास, चना, केराउ लगायतका अन्न सहित पर्व मनाइएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले जनाएको छ ।

‘स्थानीय आ–आफ्नो घरबाट विभिन्न थरिका अन्न लिएर आउनुहुन्छ,’ समिति अध्यक्ष सुरेशमान श्रेष्ठले भने, ‘त्यसलाई चन्द्रमाको उज्यालोमा राखेर प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।’

कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले अन्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको श्रेष्ठले बताए । यसरी सुकाएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली बलियो हुने विश्वाससमेत रहेको उनको भनाइ छ ।

यसअघि नेवार समुदायले परम्परागत रुपमा आ–आफ्नो घरमा अन्न सुकाउने प्रचलन थियो । २०७६ सालदेखि समितिको अगुवाइमा सामूहिक रुपमा अन्न सुकाउने पर्व मनाउन थालिएको हो ।

पर्वको अवसरमा भजनसँगै चुट्का नाच पनि नाचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?