२० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
स्थानीय श्याम खलेडाको घरमा बहाल बस्दै आएका तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाईजापाम ५४ पिस र नोरफिन ५४ गरी १६२ पिस (एम्पुल) बरामद गरिएको प्रहरीले जनाएको छ ।
तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको नियन्त्रणमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4