News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी चलाउने ९ जना चालकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा २ जना सार्वजनिक बस, १ जना स्कुल बस र १ जना माइक्रो बस चालक छन्।
- लागु पदार्थ सेवन गरेर गाडी चलाउने ४ जना माइक्रो बस चालक पनि पक्राउ परेका छन्।
२० कात्तिक, काठमाडौं। मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालयको बस चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको लागु पदार्थ सेवन (लापसे) र मापसे गरेर गाडी चलाउनेहरुको जाँच ट्राफिकले गरेको थियो ।
सो क्रममा ४ जना चालकले लापसे र ५ जना चालक मापसे गरेको भेटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीले बताए ।
जसमध्ये मापसे गरेर सवारी चालन २ जना सार्वजनिक बसका चालक र १ जना स्कुल बसका चालक रहेको उनले बताए । त्यस्तै एक जना माइक्रो बसका चालक छन् ।
लापसे गरेर चलाउने भाडाको माइक्रो चलाउने ४ जना चालक पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4