News Summary
Generated by OK AI. Editorially reviewed.- ईपीएस मार्फत भाषा परीक्षा पास गरेका नेपाली कामदारलाई कोरिया पठाउन दुई वर्षसम्म ढिलाइ भएपछि उनीहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग घेराउ गरेका छन्।
- सन् २०२५ मा एक लाख ६३ हजारले परीक्षा दिएका मध्ये १७ हजार ३० जना भाषा परीक्षा उत्तिर्ण भए पनि अधिकांशले करार सम्झौता नभएर कोरिया जान पाएका छैनन्।
- कामदारहरूले कोरियामा थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास भएका कामदारलाई पठाउनुपर्ने माग राखेका छन् र हाल कोरियामा एक लाख हाराहारी नेपाली कामदार कार्यरत छन्।
२० कात्तिक, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ ।
भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए ।
तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरू कार्यरत रहेका छन् ।
प्रतिक्रिया 4