News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमा पाठशालाले नयाँ नेपाली फिल्म 'कंगाल करोडपति' निर्माण गर्ने घोषणा बिहीबार पत्रकार सम्मेलनमा गरियो।
- राजु श्रेष्ठले फिल्मको निर्माण तथा निर्देशन गर्नेछन् भने कैफ खान निर्माता छन्।
- फागुनदेखि छायांकन सुरु हुने फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिका खेल्नेछन्।
काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको घोषणा गरियो । फिल्ममा राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहनेछ ।
निर्मातामा कैफ खान छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् ।
चलचित्रमा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी हुन् । अन्य कलाकारको खोजी भैरहेको निर्देशक श्रेष्ठले बताए
छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ । एउटा सामान्य मान्छे करोडपति र करोडपतिबाट कंगाल बन्दाको अवस्था फिल्ममा समट्ने निर्माताले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4