+
+
WC Series
पोखरा एभेन्जर्स 2025
70/4 (10.3)
VS
५७ बलमा ९६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कांग्रेस विवादबारे विनोद चौधरी टिप्पणी : चुनावमा टिकट कसले बाँड्ने भन्ने लडाइँ हो

‘टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो । घुमरे, छिरेर । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, आउने दिनहरूमा टिकट कस्तालाई दिने हो भोलिको दिनमा ? पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिको दिनमा ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता विनोद चौधरीले नेपाली कांग्रेसको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कसले बाँड्ने भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो।
  • चौधरीले केन्द्रीय कार्यसमिति बैठकमा टिकट कसलाई दिने र पार्टीलाई कसरी जिताउने भन्ने विषयमा सबैभन्दा बढी छलफल हुनुपर्ने उल्लेख गर्नुभयो।
  • उनले कांग्रेसले तीन ठूला दललाई बहिष्कार गर्ने मानसिकता बोकेकाहरूसँग चुनाव लड्न लागेको तर्फ सचेत गराउनुभयो।

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीमा देखिएको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कस्‍ले बाँड्ने भन्‍ने विषयमा केन्दरित रहेको टिप्पणी गरेका छन्।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनबारे देखिएको पछिल्लो विवाद केवल आगामी चुनावमा टिकट कसले बाँड्ने भन्ने विषयमात्रै भएको टिप्पणी गरेका हुन्।

‘टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो । घुमरे, छिरेर । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, आउने दिनहरूमा टिकट कस्तालाई दिने हो भोलिको दिनमा ? पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिको दिनमा ?’

जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सबैभन्दा बढी छलफल पनि त्यही विषयमा हुनुपर्ने नेता चौधरीको भनाइ थियो। ‘यो केन्द्रीय कार्यसमिति बैठकको सबैभन्दा संवाद र चिन्ताको विषय त्यो हुनुपर्ने हो,’ उनले भने।

चौधरीले कांग्रेस अब तीन ठूला दललाई बहिष्कारको मानसिकता बोकेकाहरूसँग चुनाव लड्न गइरहेको तर्फ पनि सचेत गराए।

‘अब हामी को सँग चुनाव लड्न गइरहेका छौँ ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ, जसले तीनटै दललाई रिजेक्ट गरिसक्यो,’ उनले भने, ‘दलभित्र राम्रा मान्छे पनि होलान्, नराम्रा मान्छे पनि होलन् । एक से एक त्याग गरेका तपस्वी पनि होला, सबभन्दा भ्रष्टाचारी पनि होलान्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?