+
+
Shares

कांग्रेस विवाद : सर्वोच्चको निर्णयपछि खड्का निवासमा पूर्वपदाधिकारी सहितको बैठक जारी

खड्काले आफ्नो समूहका शीर्ष नेतासहितसँग छलफल गरेर भोलि आइतबार आधिकारिक धारणा दिने तयारी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १६:३९

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निर्णय दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफ्ना समूहका शीर्ष नेतासँग छलफलमा जुटेका छन् । यसैक्रममा खड्काले अहिले दिउँसो पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय समितिका पदाधिकारीसहितको बैठक बोलाएका छन् ।

बैठक गोल्फुटारस्थित खड्काको निवासमा बसिरहेको छ । बैठकमा खड्कासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहित नेताहरू एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखक लगायत छन् ।

निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाएको यो बैठकमा डा. शेखर कोइराला र उनी पक्षधर नेता भने सहभागी भएका छैनन् ।

यसअघि शुक्रबार सर्वोच्च अदालतले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयलाई सदर गरेको थियो ।

आयोगको सो निर्णयविरुद्ध १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यसको निर्णय सर्वोच्चबाट आफ्नो विपक्षमा आएपछि सो समूहले सर्वोच्चको निर्णयलाई अनपेक्षित भनेको छ ।

खड्काले आफ्नो समूहका शीर्ष नेतासहितसँग छलफल गरेर भोलि आइतबार आधिकारिक धारणा दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?