+
+
Shares

पोखरा सहकारी ठगी : प्रहरीले माग्यो जाहेरी, ऋणीलाई पनि प्रतिवादी बनाइने

मुद्दाको हद म्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरूले २ मंसिरभित्रमा अनिवार्य रूपमा प्रहरीले जारी गरेको सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेस गर्न अनुरोध गरिएको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १९:१७

२० कात्तिक, पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनामा जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरी दरखास्त दिन आह्वान गरेको छ । सहकारीमा भएको बचत तथा कारोबारको प्रमाण, कागजातसहित २ मंसिरभित्र जाहेरी दिन बिहीबार आह्वान गरेको हो ।

सहकारीको रकम संस्थाका अध्यक्षसहित पूर्व तथा वर्तमान पदाधिकारी, व्यवस्थापकसमेतको मिलेमतोमा व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा अपचलन गरेको पाइएको छ ।

सहकारी संकटमा परेपछि सहकारी डिभिजन कार्यालयले गराएको वित्तीय विश्लेषण अध्ययन प्रतिवेदनका आधारमा प्रहरीले कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार अध्यक्ष सुरेन्द्रबहादुर गाेदार, उपाध्यक्ष, शम्भुराज बास्तोला, प्रवन्धक भीष्मप्रताप गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चलक समिति सदस्य दोर्जे तामाङ, बजार प्रमुख वेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।

उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले सहकारीका बचतकर्ता, शेयर सदस्य तथा ऋणका नाममा जाहेरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।

प्रहरीले सहकारीको रकम गलत ढंगले ऋण लैजानेलाई पनि प्रतिवादी बनाउने

सञ्चालक समितिका व्यवस्थापक, विभिन्न कालखण्डका पदाधिकारीहरू समेत जिम्मेवार व्यक्तिहरूले निक्षेप कर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको छ ।

सहकारी रजिस्ट्रार कार्यालयले वित्तीय विश्लेषण प्रतिवेदनसहित कारबाही अगाडि बढाउन १८ कात्तिकमा पत्र पठाएको पत्रका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

‘सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ,’ प्रहरीले सार्वजनिक गरेको सूचनामा छ ।

मुद्दाको हद म्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरूले २ मंसिरभित्रमा अनिवार्य रूपमा यही सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेस गर्न अनुरोध गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

सहकारीबाट ऋण लिई अपचलन गर्ने ऋणीहरूलाईसमेत मुद्दाको प्रतिवादी बनाइने हुँदा जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा पुगेर आफूले भुक्तान गर्नुपर्ने रकम सम्बन्धमा छानबिन प्रतिवेदनबाट जानकारी लिई आफ्नो व्यवहार यथाशक्य व्यवस्थापन गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

सहकारी संस्थालाई दुरुपयोग गरी बचत रकम अपचलन गरी कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी सोही रकमको व्यवस्थापन गर्ने मनसायले पूर्वयोजना बमोजिम अपचलन भएको निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?