+
एनपीएल २०२५ :

६ विदेशी अनुबन्धपछि यस्तो बन्यो काठमान्डु गोर्खाजको टोली

२०८२ कात्तिक  २१ गते १२:४१ २०८२ कात्तिक २१ गते १२:४१
६ विदेशी अनुबन्धपछि यस्तो बन्यो काठमान्डु गोर्खाजको टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि १८ खेलाडी सहित पूर्ण स्क्वाड तयार पारेको छ।
  • काठमान्डुले भारतीय क्रिकेटर सन्नी पटेललाई अन्तिम विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
  • कोचिङ स्टाफमा पूर्व राष्ट्रिय प्रशिक्षक मोन्टी देसाइलाई राख्दै काठमान्डुले दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

२१ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण लागि काठमान्डु गोर्खाजले आफ्नो पूर्ण स्क्वाड तयार पारेको छ । ६ विदेशी खेलाडीको अनुबन्ध अनी ट्यालेन्ट हन्टबाट एक खेलाडी छानिसकेको काठमान्डु गोर्खाज टिममा १८ खेलाडी पुगिसकेको छ ।

काठमान्डुले अन्तिम विदेशी खेलाडीको रुपमा शुक्रबार भारतीय क्रिकेटर सन्नी पटेललाई अनुबन्ध गरेको हो । यस्तै काठमान्डुले ट्यालेन्ट हन्टबाट फास्ट बलर नटराजन शाहलाई छनोट गरेको थियो ।

मार्की खेलाडी करण केसीसहित ६ खेलाडी रिटेन गरेको काठमान्डुले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारीसहित ५ खेलाडी अनुबन्ध गरेको थियो । त्यसपछि पहिलो सिजन खेलेका नामिबियाका कप्तान जेरार्ड एरासमससहित ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

यस्तै राजधानीको टिम काठमान्डु गोर्खाजले नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देसाइलाई अनुबन्ध गर्दै कोचिङ स्टाफ पनि बलियो बनाएको छ । मोन्टीलाई पहिलो सिजन मुख्य प्रशिक्षक रहेका बसन्त शाही ठकुरीले साथ दिनेछन् ।

एनपीएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

यस्ता छन् ६ विदेशी खेलाडी

पहिलो सिजन खेलिसकका एरासमससहित ६ विदेशी खेलाडी अनुबन्ध गर्दै काठमान्डुले टिम सन्तुलित बनाएको छ । त्यसमा काठमान्डुले ब्याटर र अलराउण्डरहरू थपेको छ ।

विशेषगरी ओपनिङ टप अर्डर र मिडल अर्डरमा काठमान्डुलाई विदेशी खेलाडी चाहिएको थियो र त्यही अनुसार नै अनुबन्ध गरेको छ ।

काठमान्डुले इंग्लिस विकेटकिपर जोन सिम्पसन र दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर रिकार्डो भासक्नसेलोसलाई अनुबन्ध गरेको छ ।

यस्तै मिडल अर्डरमा एरासमससहित बेन चार्ल्सवर्थलाई अनुबन्ध गरेको काठमान्डुले अमेरिकन अलराउण्डर मिलिन्द कुमार र भारतीय सन्नी पटेल अनुबन्ध गर्दै मिडल अर्डर र लोअर अर्डर पनि बलियो बनाएको छ ।

पहिलो सिजन एरासमसले काठमान्डुका लागि अलराउण्ड प्रदर्शन गरेका थिए । उनले ७ खेलमा ११० रन बनाउनुका साथै ११ विकेट लिएका थिए । ब्याटिङमा रन बनाउने र बलिङमा विकेट लिने दुवैमा उनी काठमान्डुको दोस्रो स्थानमा थिए ।

काठमान्डुको विदेशी खेलाडीमा इंग्लिस कउन्टी क्रिकेट, भाइटालिटी टी२० देखि अमेरिकाको मेजर लिग क्रिकेट खेलेका अनुभव भएका खेलाडी छन् ।

एरासमस, मिलिन्द कुमार र सन्नी पटेल स्पीन अलराउण्डर हुन् । स्पीनरमा उनीहरुलाई नेपाली खेलाडीद्वय शाहब आलम र दिपेश कँडेलको साथ हुनेछ । दुवै खेलाडी रिटेन भएका थिए ।

यस्तै कप्तान करण केसीसहित रासिद खान पेस बलिङ अलराउण्डरको रुपमा छन् ।काठमान्डुले अक्सनमा अर्का अलराउण्डर आदिल आमलालई अनुबन्ध गर्दै पेस बलिङमा पनि सन्तुलन बनाउने प्रयास गरेको छ । तर विदेशी खेलाडीमा ब्याटरमा ध्यान दिएको काठमान्डुले पेस बलिङमा भने कुनै विदेशी अनुबन्ध गरेन ।

यद्यपी काठमान्डुको टिममा यसअघि नेपालमा आएर खेलिसकेका खेलाडीहरु पनि छन् । एरासमसले पहिलो सिजन एनपीएल खेल्दा सन्नी पटेलसँग यसअघि नेपालको विभिन्न लिग खेलेको अनुभव छ । यस्तै जोन सिम्पसनले पनि यसअघि नेपालमा आएर खेलिसकेका छन् ।

अझ त्यसमा नेपाली खेलाडी नेपालको वातावरण सबै बुझेका अनुभवी प्रशिक्षक मोन्टी देसाईको साथ काठमान्डुसँग छ ।

पहिलो सिजनको प्रदर्शन

पहिलो सिजन काठमान्डु गुर्खाजको नामबाट खेलेको यस टिमको प्रदर्शन औसत रह्यो । तर अंकतालिकामा दुई टिमसँग समान अंक भएर पनि नेटरनरेटमा चुक्दा काठमान्डुले लिग चरण पार गर्न सकेन ।

काठमान्डुले चितवन राइनोज र कर्णाली याक्ससमान ८ अंक जोडेको थियो । तर रनरेटमा अघि रहँदै चितवन र कर्णाली प्लेअफमा पुग्दै एलिमिनेटर खेल्दा काठमान्डु अभागी रह्यो ।

काठमाडौं राजधानी रहेको प्रदेश बागमती प्रदेशबाट एनपीएल खेल्ने दुई टिम मध्ये एक हो । यस प्रदेशबाट काठमान्डु सहित चितवन राइनोजले एनपीएल खेल्नेछ ।

पहिलो सिजन प्लेअफ पुग्न नसकेपनि काठमान्डुले यस पटक कोच देखि विदेशी खेलाडी अनुबन्धमा विशे ध्यान दिएको छ र पहिलो सिजन भन्दा राम्रो प्रदर्शन गर्दै नतिजा ल्याउने लक्ष्यमा छ ।

काठमान्डु गोर्खाज टिम

रिटेन खेलाडीहरू : करण केसी, भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ
अक्सनमा अनुबन्ध खेलाडी : आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव
ट्यालेन्ट हन्ट : नटराजन शाह
विदेशी खेलाडी : जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल

काठमान्डु गोर्खाज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय