+
+
Shares

बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा संखुवासभाको चैनपुर गाउँपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:३७

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर गाउँपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङ छन् ।

प्रदेश–०३–०१–००६ ख १६५६ नम्बरको टिपरले तामाङ सवार बागमती प्रदेश–०२–०४८ प ३५३४ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।

मोटरसाइकमा सवार अर्का घाइतेको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?