२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
चितवनको सौराहमा जारी पार्टीको विस्तारित बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
उनले आफ्नो प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, पार्टीको अबको कार्यदिशा, निर्वाचन, जेनजी आन्दोलन लगायतका विषय उल्लेख गरेका छन् ।
बैठक आज र भोलि चल्नेछ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुने बताइएको छ ।
बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठक सकिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।
यस्तो छ प्रतिवेदन :
प्रतिक्रिया 4