News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडीहरूसहित प्रशिक्षण सुरु गरेको छ।
- नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।
- हरि खड्का प्रशिक्षक र बालगोपाल साहुखल तथा चेतन घिमिरे सहायक प्रशिक्षक नियुक्त भएका छन्।
२१ कात्तिक, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडीले प्रशिक्षण सुरु गरेका हुन् ।
नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ ।
यसअघि म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका छन् भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।
नेपालको प्रारम्भिक टोली : किरण कुमार लिम्बु, दीप कार्की, बिशाल सुनार, टिकेन्द्र थापा, अनन्त तमाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, बिमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, सृजन राज गौतम, सञ्जीव लामा, शङ्खर थारू, दिपेश धिमाल, एरिक बिष्ट, मणि कुमार लामा, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, सुबास बम, समिर तमाङ, आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ















प्रतिक्रिया 4