+

हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित

२०८२ कात्तिक  २२ गते ८:४४ २०८२ कात्तिक २२ गते ८:४४
हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले हङकङ सिक्सेस क्रिकेटमा लगातार तेस्रो हार बेहोरेर श्रीलंकासँग ३ विकेटले पराजित भएको छ।
  • नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।
  • नेपालले समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएर बाउल लिगमा पुगेको छ र आज भारतसँग खेल्नेछ।

२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । धनन्जय लक्षनले अविजित ३६ तथा निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालका रुपेश सिंहले २ विकेट लिँदा लोकेश बमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा ४ विकेट गुमाएर ८६ रन बनाएको थियो । सन्दीप जोराले सर्वाधिक ३९ रन बनाए । लोकेश बमले अविजित ३१ रन बनाए ।

श्रीलंकाका थरिन्दु रत्नायकेले २ विकेट लिए भने लहिरु समरकुन र लहिरु मदुशन्काले १-१ विकेट लिए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

नेपालले अब आजै भारतसँग पनि खेल्नेछ । यूएईसँग भोलि खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय