२२ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको ह्वाट्सएप नम्बर ह्याक भएको पुष्टि गरेका छन् ।
नेता पुनले आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत सन्देश आइरहेको भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।
‘सावधान ! मेरो ह्वाट्सएप नम्बर ह्याक भएर अनधिकृत म्यासेज आइरहेकोले सचेत रहन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4