+
+
Shares

लोकतन्त्रको बाहानामा कुनै तानशाह र निरंकुशता चाहँदैनौं : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:२५

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लोकतन्त्रको बाहनामा कुनै पनि तानशाह र निरंकुशता सैह्य हुन नसक्ने बताएका छन् ।

विभिन्न कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौंको भृकुटिमण्डपमा केहीबेरमा एकता घोषणा सभा हुँदैछ ।

सो क्रममा पुनले भने, ‘हामी लोकतन्त्रको बाहनामा कुनै पनि तानशाह, व्यक्तिवादी वा निरंकुशता हामी चाहँदैनौं । त्यो विकल्प हुनै सक्दैन यो हाम्रा लागि सैह्य हुँदैन ।’

लोकतन्त्रको विकल्प झनै राम्रो लोकतन्त्र र सुशासनको विकल्प झनै राम्रो सुशासन रहेको उनले बताए ।

उनले कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेकाले आफूहरू नयाँ ठाउँमा उभिएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?