+
+
Shares

कैलालीमा लागूऔषधसहित ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ८:५४
जिल्ला प्रहरी कार्यालय कैलालीको भवन । फाइल फोटो

२३ कात्तिक, धनगढी । कैलालीमा लागूऔषधसहित ८  जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शनिबार धनगढीदेखि भजनीसम्मका विभिन्न ठाउँमा प्रहरीले संयुक्त रुपमा गरेको जाँचका क्रममा लागूऔषधसहित ८ जनालाई पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका–१३ झलारीबाट एक ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । शंकाका आधारमा चेकजाँच गर्दा २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको हो । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलाली गाउँको संयुक्त टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट पनि दुई जनालाई पक्राउ गरिएको छ ।  गोप्य सूचनाका आधारमा शनिबार साँझ ५ बजेतिर लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ४२० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय दिनेश बुढा र २४ वर्षकै ललित रानाक्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका–१ बाट थप एक जना पक्राउ परेका छन् । एक सय ३० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–३, लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–९ पचमोडियाबाट समेत दुई जना पक्राउ परेका छन् । शनिबार राति साढे ९ बजे ५४० मिलिग्राम खैरो हेरोइनसहित घोडाघोडी नगरपालिका–१२, बनबासाका २५ वर्षीय डेविड कठरिया र सोही ठाउँका ३१ वर्षीय नरेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?