+

दृष्टिविहीन क्रिकेटर विनिता सम्मानित

२०८२ कात्तिक  २३ गते १४:१५ २०८२ कात्तिक २३ गते १४:१५
दृष्टिविहीन क्रिकेटर विनिता सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको छ।
  • माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले विनितालाई सम्मान गरे।
  • विनिता अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।

२३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको छ ।

यही नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा पहिलोपटक आयोजना हुन लागेको ब्लाइन्ड टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेश र माछापुच्छ्रे गाउँपालिकाले संयुक्त रूपमा एक कार्यक्रमका बीच नगदसहित सम्मान गरेको हो ।

विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।

विनिता पुन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय