+
+
Shares

‘कमन जेनजी नेपाल’ले सातै प्रदेशमा तोक्यो इन्चार्ज र संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमन जेनजी नेपाल समूहले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ।
  • राष्ट्रिय भेलाले उपत्यका विशेष प्रदेशदेखि सुदुरपश्चिम प्रदेशसम्मका पदाधिकारीहरू तोकेको छ।
  • राष्ट्रिय अध्यक्ष विकेश साहले राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेका छन्।

२३ कात्तिक, काठमाडौं । ‘कमन जेनजी नेपाल’ समूहले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ ।

यो समूहको राष्ट्रिय भेलाले यस्तो निर्णय लिएको हो । कमन जेनजीका राष्ट्रिय अध्यक्ष विकेश साहले विज्ञप्ति जारी निकालेर राष्ट्रिय भेलाका निर्णयहरू सार्वजनिक गरेका छन् ।

जसअनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशिल पासवान र संयोजकमा नविन साह, मधेश प्रदेशको इन्चार्जमा रविन्द्र यादव र संयोजकमा प्रदिप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।

यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?