+
+
Shares

नासोले पायो आइएयूको राष्ट्रिय सदस्यको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १८:२९

२३ कात्तिक, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) लाई  ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आइएयू) को राष्ट्रिय सदस्यको मान्यता पाएको छ ।

नासोका अध्यक्ष सुरेश भट्टराईले लामो समयको अथक प्रयास पश्चात् खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको सदस्य राष्ट्र भएको जानकारी दिए ।

‘नेपालका लागि यो एक ऐतिहासिक उपलब्धि हो ।  अझ नेपालको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीलाई एआइयूले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखिको नेपालमा सञ्चालित कार्यक्रमहरूको औचित्य पुष्टि गर्न सफल भएको छ,’ उनले भने ।

गत वर्ष (सन् २०२४ मा) दक्षिण अफ्रिकाको केप टाउन शहरमा सम्पन्न आइएयूकोे ३२ औं महासभामा नेपालले आधिकारिक रूपमा पर्यवेक्षक भूमिका पाएको थियो ।

आइएयूका नवनिर्वाचित अध्यक्ष तथा सन् २०११ का नोबेल पुरस्कार विजेता (भौतिकशास्त्र) प्रोफेसर ब्रायन पी. श्मिड्टले २०८२ कार्तिक १८ गते मंगलबार एकआधिकारिक ईमेल मार्फत् नासोले  आइएयूको सदस्यता पाएको जानकारी गराएका हुन् ।

यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदान दिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न मार्ग प्रशस्त गरेको भट्टराईले बताए । ‘भविष्यका अनुसन्धानकर्ता र वैज्ञानिकहरू तयार गर्न प्रेरित गर्नेछ । हामी नेपालका आवाजलाई विश्व खगोल समुदायमा सशक्त रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं,’ अध्यक्ष भट्टराईले भने ।

नासो सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?