+

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित, रियल बराबरीमा रोकियो

२०८२ कात्तिक  २४ गते ८:४४ २०८२ कात्तिक २४ गते ८:४४
लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित, रियल बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ।
  • यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी ३ मा झारेको छ।
  • लेवान्डोस्कीले १०औं, ३७औं र ७३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए।

२४ कात्तिक, काठमाडौं । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा गएराति सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको छ ।

यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी ३ मा झारेको छ । बार्सिलोनाले जित्नुअघि राभो भालेकानोसँग गोलरहित बराबरी खेलेको रियलको ११ खेलबाट ३१ अंक छ ।

समान खेलबाट बार्सिलोना २८ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो । सेल्टाको मैदानमा भएको खेलमा पोलिस स्ट्राइकर लेवान्डोस्कीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसको एक मिनेट पछि नै सर्जियो कारेइराले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । तर लेवान्डोस्कीले ३७औं मिनेटमा गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए ।

बोर्जा इग्लेसिसले ४३औं मिनेटमा सेल्टाका लागि गोल गर्दै खेल २-२ को अवस्थामा पुर्‍याए । त्यसपछि लामिन यामलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

पहिलो हाफमा ५ गोल भएको खेलमा दोस्रो हाफमा एक गोल मात्र भयो । लेवान्डोस्कीले ७३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनालाई ४-२ को जित दिलाए । लेवान्डोस्कीको दुई गोलमा मार्कुस रासफोर्डले असिस्ट गरेका थिए ।

बार्सिलाेना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय