News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले दोस्रो सिजन नेपाल प्रिमियर लिगमा कप्तान कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको छ।
- चितवनले रवि बोपारा, सोहल तनविर, डाविड मालान र सैफ अली जैबसहित ५ विदेशी खेलाडी अनुबन्ध गरेको छ।
- पहिलो सिजन चितवनले ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा प्लेअफ पुगेको थियो तर एलिमिनेटरमा पराजित भयो।
२४ कात्तिक, काठमाडौं । चितवन राइनोजको मार्की खेलाडी युवा अलराउण्डर कुशल मल्ल छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन यो टिममा युवा खेलाडीहरूको वर्चस्व थियो । तर अनुभवी विदेशी खेलाडीहरू अनुबन्ध गर्दै लिगमा औसत प्रदर्शन गर्यो ।
धेरैले अपेक्षा नगरेपनि प्लेअफ सम्म पुगेको चितवनले एलिमिनेटर यात्रा पार गर्न सकेन । यद्यपी यो टिमका युवा खेलाडीहरूले एनपीएलमा अनुभवी खेलाडीहरूसँग सिक्ने राम्रो अवसर पाए ।
अबको केही दिनमा सुरु हुन लागेको दोस्रो सिजनको एनपीएलमा लागि पनि मार्कीमा कुशल मल्ल नै छन् । पहिलो सिजन टिममा रहेका कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको चितवनले दुई अनुभवी विदेशी खेलाडी रवि बोपारा र सोहल तनविरलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ ।
यस्तै इंग्ल्याण्डमा विश्वकप खेलिसकेका खेलाडी डाविड मालान र पहिलो सिजन सुदुरपश्चिम रोएल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैबलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअफ बलियो देखिएको छ ।

यसबाहेक चितवनले पहिलो सिजनकै दुई खेलाडी विपिन रावल र रन्जित कुमारलाई पनि अक्सनबाट अनुबन्ध गरेको थियो । पहिलो सिजन चोटका कारण खेल्न नपाएका मिडियम पेसर कमल सिंह ऐरी दोस्रो सिजन टिममा छन् । यसरी हेर्दा चितवन राइनोजले दुई विदेशीसहित १० खेलाडी पहिलो सिजनबाटै निरन्तरता दिएको छ । त्यसमा थपिएका छन्, पहिलो सिजनको बेस्ट प्लेअर सैफ अली जैब ।
यस बाहेक चितवनले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका देव खनाल र लुम्बिनी लायन्सबाट खेलेका विकेटकिपर अर्जुन साउदलाई अक्सनबाट अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको थियो ।
त्यसमा भेट्रानसहित ५ विदेशी खेलाडी समेत थपेपछि चितवन सबै पोजिसनमा सन्तुलित देखिएको छ । देव र अर्जुनले आवश्यकता अनुसार टप अर्डरमा खेल्न सक्छन् । यस्तै सैफ अली जैव पनि टप अर्डरमा खेल्छन् ।
डाविड मलान, रवि बोपारा टप अर्डर मिडल अर्डरमा खेल्न सक्छन् । कप्तान कुशल मल्ल आवश्यकता अनुसार जुन सुकै पोजिसनमा पनि खेल्न सक्छन् । यस बाहेक मिडल अर्डरमा दीपक बोहरा, विपन रावल जस्ता खेलाडी पनि विकल्पमा छन् ।
रवि बोपारा सैफ अली कुशल मल्ल स्पीन अलराउण्डरको रुपमा छन् भने अमरसिंह राउटेला मिडियम पेस बलिङ गर्ने अलराउण्डरको रुपमा छन् । मिडियम पेसरमा सोहल तनविरसँगै रिजन ढकाल र कमल सिंह भरी छन् । यस्तै गौतम केसी पनि मिडियम पेसको विकल्पमा छन् ।
यस बाहेक स्पीनमा रन्जित कुमार र विपिन आचार्य छन् । चितवनले युगान्डाका अलराउण्डर अल्पेश रम्जानीलाई पनि अनुबन्ध गरेको छ ।
टप अर्डर, मिडल अर्डर र पेस बलिङमा चितवन बलियो देखिएको छ । तर स्पीनरमा भने नाम चलेका खेलाडी छैनन् पार्ट टाईम स्पीनर मात्र छन् ।
यस्तै पेस बलिङ अलराउण्डरमा अमर राउटेला मात्र छन् ।
कमलले पनि लोअर अर्डर ब्याटिङ गर्न सक्छन् तर पहिलो सिजन चोटका कारण गुमाएका उनी पछिल्लो समय राष्ट्रिय टिममा पनि छैनन् ।
पहिलो सिजनको प्रदर्शन
पहिलो सिजन चितवन राइनोजले प्लेअफ सम्मको यात्रा तय गरेको थियो । चितवन ७ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा लिग सकाएको थियो । कर्णाली याक्स र काठमान्डु गुर्खाजले पनि समान ८ अंक जोड्दा नेटरनरेटमा चितवन अऊडि रहेको थियो ।
तर पहिलो एलिमिनेटरमै कर्णाली याक्ससँग पराजित हादा चितवनको यात्रा अघि बढ्न सकेन । कुशल मल्ल कप्तानीमा खेलेको चितवनका लागि पहिलो सिजन दुई भेट्रान विदेशी खेलाडीले उत्कृष्ट व्रदर्शन गरेका थिए ।

चितवनका रवि बोपारा २८६ रन सहित सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा थिए । च्याम्पियन जनकपुर बोल्ट्सका लहिरु मिलान्थाले उनी भन्दा ७ रन बढी बनाएका थिए । यस्तै सोहेल तनविरले १४ विकेटसहित सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा थिए ।
पहिलो सिजन सुदूरपश्चिमका लागि अलराउण्ड प्रदर्शन गरेका इंग्लिस खेलाडी सैफ अली जैवलाई पनि चितवनले अनुबन्ध गरेका थिए । उनले पहिलो सिजन २७५ रन बनाउँदै सर्वाधिक रन बनाउमा चौथो स्थानमा थिए । यस्तै उनले १२ विकेट लिँदै सर्वाधिक विकेट लिनेमा सातौं स्थानमा थिए ।
यस्तै नेपाली बलरमा चितवनका रिजल ढकाल १३ विकेट लिए र संयुक्त रुपमा पाँचौ स्थानमा थिए ।
चितवन राइनोज टिम
रिटेन : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी
अक्सनमा अनुबन्ध खेलाडी : देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल
विदेशी खेलाडी : रबि बोपारा, सोहेल तनविर, दविड मालान, सैफ अली जैव, अल्पेस रामजानी
मुख्य प्रशिक्षक : कलाम अली
प्रतिक्रिया 4