+
+
Shares

बुद्ध एयरका मालिक संलग्न दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र

वीरेन्द्र बस्नेत भन्छन्- सेवा गर्न राजनीतिमा आएका हौं

आयोगमा दिएको निवेदनमा पार्टीको अध्यक्षमा प्रसाईंलाई राखिएको छ भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १५:२९

२४ कात्तिक, काठमाडौं । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगमा दिएको निवेदनमा पार्टीको अध्यक्षमा प्रसाईंलाई राखिएको छ भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।

व्यवसायी बस्नेत भने सदस्य छन् । पार्टीका नेताहरूले सोमबार आयोगमा पुगेर प्रमाणपत्र लिएका छन् ।

प्रमाणपत्र लिएपछि बुद्ध एयरका मालिक बस्नेतले आफूहरू राजनीतिमा सेवा गर्न आएको प्रतिक्रिया दिए । ‘राजनीतिमा हामी सेवा गर्न आएका हौं । राष्ट्र जुन प्रस्थान विन्दुमा छ । त्यसलाई सही किसिमले अघि लान सक्नुपर्छ,’ उनले भने ।

पार्टीको विधानमा पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।

पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?