२४ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ ।
कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।
नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघ बढाउन उनले माग गरेका छन् ।
यसअघि आजै मधेश सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4