+
+
Shares

चुनाव प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले आफैँ सफा गर्नुपर्ने

निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ को चुनावका लागि प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने आचारसंहिता निर्माण गरिरहेको छ।
  • आचारसंहितामा सभा, जुलुस, र्‍याली वा घरदैलो कार्यक्रमपछि प्रयोग भएका सामाग्रीहरू वातावरणमैत्री तवरले संकलन गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ।
  • निर्वाचन प्रचारप्रसारमा ध्वनिप्रदुषण, जलप्रदुषण र वायुप्रदुषण न्यून गर्नुपर्ने र प्लाष्टिक प्रयोग निषेध गर्ने व्यवस्था राखिएको छ।

२४ कात्तिक, काठमाडौं। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ ।

निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ ।

प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिए पश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामाग्रीहरू अनिवार्यरुपमा संकलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल वा दलको भातृसंगठनले यस्तो आचरणको पालना गर्नुपर्ने हुन्छ । अन्यथा, आचारसंहिता उल्ंघन गरेको ठहरिनेछ ।

आचारसंहितामा हरित निर्वाचन (ग्रिन ईलेक्सन)सम्बन्धी आचरण हुनुपर्ने लगायतका विषय पनि राखिँदैछ ।

उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिले वतावरणमैत्री र प्रदुषण नियन्त्रणमा योगदान पुर्‍याउनुपर्ने भनिएको छ । निर्वाचन प्रचारप्रसार गर्दा पनि वतावरणमैत्री हुनुपर्छ ।

निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली बा घरदैलो कार्यक्रम गर्दा पनि वातावरणमैत्री सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । निर्वाचन प्रचारप्रसार गर्दा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

निर्वाचन प्रचारप्रसार सभा जुलुस वा र्‍यालीमा ध्वनिप्रदुषण, जलप्रदुषण वा वायुप्रदुषण लगायतका प्रदुषण न्यून गर्ने उपाय अवलम्वन गर्नुपर्छ ।

निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्नेगरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालत गर्न प्रोत्साहन गर्नुपर्ने विषयलाई आचरण अन्तर्गत राखिएको छ ।

निर्वाचन प्रचारप्रसार सभा जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा पलाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सवारी साधन प्रयोग गर्दा ईलेक्ट्रिक वा नविकरणीय उर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

सभा जुलुस वा र्‍याली जस्ता कार्यक्रम गर्दा वातावरणमा हानिकारक असर नपर्नेगरी वातावरणमैत्री तवरले गर्नुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?