+
+
Shares

संविधान जोगाउन प्रतिनिधिसभा पुनर्स्थापित हुनैपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताएका छन्।
  • ओलीले प्रतिनिधिसभा पुनर्स्थापनालाई एक मात्र विकल्प भन्दै पार्टी कमिटीलाई त्यसमा केन्द्रित भएर अभियान चलाउन आग्रह गरेका छन्।
  • प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय व्यक्तिको नभई पार्टीको भएको उनको भनाइ छ।

२४ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले लोकतन्त्र फर्काउने बाटोतर्फ अग्रसर हुन आह्वान गरे।

‘प्रतिनिधिसभा पुनर्स्थापित गरेर मात्र देशलाई ट्र्याकमा फर्काउन सकिन्छ। हामीले राष्ट्रिय राजनीतिको यथार्थ चित्र स्पष्टसँग राखेका छौं’ ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्रका लागि संविधान चाहिन्छ। संविधानका लागि प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्छ।’

प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र विकल्प भएको भन्दै ओलीले देशभरका पार्टी कमिटीलाई त्यसैमा केन्द्रित भएर अभियान चलाउन आग्रह गरे।

‘अरुले बोल्न सकेनन् भनेर हामी एक्लै पर्‍यौं भन्ने चिन्ता गर्नुपर्दैन। सत्यको पछाडि विस्तारै जनमत बन्दै जान्छ। हामी जनमत बनाउनेतिर नै अग्रसर हुनुपर्छ’ ओलीले थपे, ‘हामीले सही नीति लिएका छौं, त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नुपर्छ। त्यसैले देशभरका पार्टी कमिटी, संगठन, पेशागत संघ–संगठनलाई अलमलमा नपरी, द्विविधा नराखी प्रतिनिधिसभा पुनर्स्थापित अभियानमा जुट्न आग्रह गर्दछु।’

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय व्यक्तिको नभई पार्टीको भएको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?