+
+
Shares

विदेशमा रहेकालाई भोटिङ अधिकार दिन पूर्वप्रमुख आयुक्तहरूको सुझाव

२१ फागुनको चुनाव सारेर वैशाखमा निर्वाचन गर्न सकिने उल्लेख गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार भने दिनुपर्ने बताए । विदेशमा रहेकालाई भोटिङ अधिकार दिन अनलाइन भोटिङमा जानुपर्ने पनि उनीहरूको सुझाव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:२१

२४ कात्तिक, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाएका छन् ।

निर्वाचन आयोगका अधिकारीहरूसँग भएको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वनिर्वाचन आयुक्त एवम् पूर्वसचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो ।

छलफलमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय  सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त डा. रामभक्त पीबी ठाकुर थिए । निर्वाचन आयोगका पूर्व सचिवहरू मधुप्रसाद रेग्मी, रविलाल पन्थ, सुरेश अधिकारी र भरतमणि सुवेदीको पनि सहभागिता रहेको थियो  ।

जहाँ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय उठेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने बताए ।

बरु २१ फागुनको चुनाव सारेर वैशाखमा निर्वाचन गर्न सकिने उल्लेख गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार भने दिनुपर्ने बताए । विदेशमा रहेकालाई भोटिङ अधिकार दिन अनलाइन भोटिङमा जानुपर्ने पनि उनीहरूको सुझाव छ ।

छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

साथै उनले युवा पुस्ताको आन्दोलनको माग बमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने तथा राजनीतिक दलहरूको माग बमोजिम जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन भएको धारणा राखे ।

नेपालको संविधान र मौजुदा कानुन बमोजिम तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व रहेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?