+
+
Shares

नि:शुल्क छात्रवृत्ति दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निजी विद्यालयलाई १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएका छन्।
  • मन्त्री पुनले विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको बताए।
  • शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरलाई देशभरका विद्यालयबाट छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली संकलन गर्न निर्देशन दिइएको छ।

२४ कात्तिक, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निजी विद्यालयलाई १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएका छन्।

‘संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ।

सो नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका संस्थागत विद्यालयबाट संकलन गरी पेश गर्न शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरलाई निर्देशन दिइएको छु,’ मन्त्री पुनले भने।

यदि कुनै विद्यालयले सो अनुसार छात्रवृत्ति प्रदान नगरेको भए नियमानुसार छात्रवृत्ति दिन मन्त्री पुनले निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?