News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रेनिङ ग्राउण्डले समृद्धि खुला महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
- ट्रेनिङ ग्राउण्डले ग्राण्ड्स स्टार्सलाई ६३-५९ ले पराजित गर्दै चार अंक अन्तरको आवश्यक जित पुर्याएको हो।
- सोनी वाइबा प्लेअर अफ दि म्याच र मोस्ट भ्यालुएबल प्लेअर घोषित भएकी छन्।
२४ कात्तिक, काठमाडौं । ट्रेनिङ ग्राउण्डले समृद्धि खुला महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा ग्राण्ड्स स्टार्सलाई ६३-५९ ले पराजित गर्दै ट्रेनिङ ग्राउण्डले उपाधि जितेको हो ।
डबल राउण्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा अन्तिम खेलअघि ग्राण्ड स्टार्स अपराजित थियो भने ट्रेनिङ ग्राउण्डले ग्राण्ड स्टार्ससँग मात्र हार व्यहोरेको थियो । त्यसैले उपाधि जित्न ट्रेनिङ ग्राउण्डलाई कम्तीमा चार अंक अन्तरको जित आवश्यक थियो । सोही अन्तरमा खेल आफ्नो पक्षमा पार्दै ट्रेनिङ ग्राउण्ड च्याम्पियन बन्यो ।
पहिलो क्वाटरमा ग्राउण्ड स्टार्सले १४-१२ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटरको सुरुमै ट्रेनिङ ग्राउण्डले लगातार अंक जोड्दै खेलमा आफ्नो पकड बनाएको थियो । दोस्रो क्वाटर ट्रेनिङ ग्राउण्डले १६-६ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ट्रेनिङ ग्राउण्डले २८-२० को अग्रता बनायो । ट्रेनिङ ग्राउण्डले तेस्रो क्वाटर पनि १९-१७ ले आफ्नो पक्षमा पार्यो ।

ग्राण्ड स्टार्सले अन्तिम क्वाटरमा पुनरागमन प्रयास गरेको थियो । चौथो क्वाटर ग्राण्ड स्टार्सले २२-१६ ले आफ्नो पक्षमा पारेपनि हार टार्न सकेन । जसले गर्दा उपाधि नजिक पुगेर पनि चुक्यो ।
खेलमा ट्रेनिङ ग्राउण्डकी रोशनी श्रेष्ठले १८ अंक स्कोर गरिन् । ट्रेनिङ ग्राउण्डकै सोनी वाइवा प्लेअर अफ दि म्याच घोषित भइन् । उनले १६ अंक स्कोर गरिन ।
सोनी वाइबा प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर समेत घोषित भइन् । यस्तै साइपालकी ग्रिभा महर्जन राइजिङ प्लेअर अफ टुर्नामेन्ट घोषित भइन् ।
सोमबारै भएको अर्को खेलमा साइपाल एकेडेमी र जेभिएर इन्टरनेसनललाई ५७-२२ ले पराजित गर्दै तेस्रो भएको छ ।
च्याम्पियन ट्रेनिङ ग्राउण्डले ट्रफीसहित नगद ४० हजार पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता ग्राण्ड स्टार्सले २० हजार र तेस्रो भएको साइपालले १० हजार पायो ।
यस्तै यू-१६ जुनियरतर्फ भ्याली पब्लिक स्कुल पहिलो भ्यो भने रिब्स दोस्रो भयो । सोमबार भएको खेलमा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनललाई ४८-११ ले हराउँदा रिब्सले स्वार्निम स्कुललाई २१-५ ले पराजित गर्यो ।
जुनियरमा लोरिसा गौचन मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन् ।
प्रतिक्रिया 4