+

हिक्मत महरा बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’

२०८२ कात्तिक  २४ गते २२:४० २०८२ कात्तिक २४ गते २२:४०
हिक्मत महरा बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटका लागि हिक्मत महरालाई आइकोनिक खेलाडी चयन गरेको छ।
  • धनगढी क्रिकेट एकेडेमीमा भएको ट्यालेन्ट हन्टमा झन्डै ३०० खेलाडी सहभागी भएका थिए।
  • हिक्मतले १३१ किलोमीटर स्पिडमा बलिङ गर्दै पहिलो स्थान हासिल गरेका छन्।

२४ कात्तिक, काठमाडौं । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।

धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी भएका थिए । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो ।

हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने छन् । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।

जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।

हिक्मत ‘बिट दी स्पिड’मा १३१ किलोमीटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमीटरको स्पिडमा बलिङ गर्दै तेस्रो भएका हुन् ।

सुदूरपश्चिम रोयल्सको टोली : दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षकः जगत टमटा

हिक्मत महरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय