+
+
Shares

साहस ऊर्जाको २२ प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहस ऊर्जाले २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ जसमा २१ प्रतिशत सेयर बोनस र १.१०५३ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीले लाभांश विद्युत् नियमन आयोग र आगामी साधारणसभाबाट स्वीकृत भएपछि प्रदान गर्ने जनाएको छ।
  • साहस ऊर्जाले बोनसपछि चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

२५ कात्तिक, काठमाडौं । साहस ऊर्जाले सेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने भएको हो । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले यो लाभांश घोषणा गरेको हो ।

यो लाभांश विद्युत् नियमन आयोग र आगामी साधारणसभाबाट स्वीकृत भएपछि प्रदान हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले यो बोनसपछि कायम हुने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?