News Summary
Generated by OK AI. Editorially reviewed.- बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले प्रदर्शनको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ।
- निर्देशक टंक बुढाथोकीले अनलाइनखबरलाई फिल्मले दर्शकको मन जितेको बताउनुभयो।
- नेपालगञ्ज, इटहरी, विराटनगर लगायत विभिन्न शहरमा फिल्मले बलियो अकुपेन्सी पाएको छ।
काठमाडौं । बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
हल भिजिटमा पुगेका कलाकार दर्जी, निर्देशक टंक बुढाथोकीसहितको टिमलाई दर्शकले मीठो प्रतिक्रिया दिएका छन् ।
‘फिल्म प्रदर्शन भएको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ’ बुढाथोकीले अनलाइनखबरलाई भने । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।
दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।

फिल्मले दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयको पनि प्रशंसा गरेका छन् ।
मंगलबार नेपालगञ्जको सिने रोयल हलमा ७ शो र क्यूएफएक्सको बागेश्वरीमा २ शो पाएको फिल्मको बलियो अकुपेन्सी देखिन्छ ।
राजधानीसँगै पूर्वको इटहरी, विर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा र दाङमा पनि दर्शकको उल्लेख्य भीड देखिन्छ । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ ।
प्रतिक्रिया 4