२५ कात्तिक, काठमाडौ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए ।
हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।
पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4