+
+
Shares

कांग्रेस बैठकमा दीपक गिरीले भने– एकतामा जाऊँ, धेरै नाटक नगरौं 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १४:११
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले भण्डारखाल पर्वभन्दा डरलाग्दो अवस्थामा लामो इतिहास बोकेको पार्टीको बैठक चलिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले जेनजी आन्दोलनलाई भण्डारखाल पर्वसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालको इतिहासमा बडो डरलाग्दो घटना पहिलो भण्डारखाल पर्व भनिन्छ,’ उनले भने, ‘त्योभन्दा पनि डरलाग्दो अवस्थामा एउटा इतिहास बोकेको पुरानो पार्टीको यो मिटिङ भइरहेको छ ।’

केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै गर्दा आफूले पार्टी एकताको आवाज उठाइने अपेक्षा गरेको पनि नेता गिरीले बैठकमा सुनाए ।

‘यही हो त अवस्था, यही इलुजनमा पर्ने हो त हामी ? किन रुमलिरहेका छौँ त ?,’ उनले प्रश्न गरे ।

नेता गिरीले शीर्ष नेताहरूलाई चार तारा, रूख र एकतातिर सोच्न र धेरै व्यक्तिवादी नहुन पनि सुझाव दिए ।

‘मेरो आग्रह छ– कार्यवाहक सभापतिज्यूलाई, महामन्त्रीज्यूलाई, सहमहामन्त्रीज्यूहरूलाई, यहाँ बसेका सबै महिला दिदीबहिनी,  सबै साथीहरू,’ उनले भने, ‘एउटै चिज हो चार तारा, रुख र एकता । यसलाई सोचौँ । यसरी धेरै व्यक्तिवादीमात्र गरेर केही हुने वाला छैन ।’

गिरीले नेकपा एमालेको उदाहरण दिँदै पार्टीका भ्रातृ संगठनहरूलाई चलायनमान बनाउनुपर्नेमा पनि जोड दिए । उनले नेताहरूलाई एकतामा जान र धेरै नाटक नगर्न पनि सुझाए ।

‘मेरो भनाइ एउटै छ– चार तारालाई हेरौं, शहीदलाई सम्झिऊँ । धेरै शहीदहरू मारिएका छन्,’ नेता गिरीले भने, ‘एकतामा जाऊँ, धेरै नाटक नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?