+
+
Shares

मिस नेपाल इन्टरनेसनल उरुषा र जापानी राजदूतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीबीच मंगलबार शिष्टाचार भेट भएको छ।
  • भेटमा दुई मुलुकबीच मित्रता र सहयोगपूर्ण सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ।
  • उरुषा भण्डारी मिस इन्टरनेसनलमा सहभागी हुन मंगलबार राति टोकियो प्रस्थान गर्ने कार्यक्रम छ।

काठमाडौँ । मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीच मंगलबार शिष्टाचार भेट भएको छ ।

जापानमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागी हुन टोकियो प्रस्थान गर्नुअघि भण्डारी र राजदूत तोरुबीच दूतावासमा भेट भएको हो ।

भेटमा दुई मुलुकबीचको मित्रता र सहयोगपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले जानकारी दिएको छ ।

‘मिस इन्टरनेसनल समारोहमा नेपालको प्रतिनिधिको रुपमा हाम्रा साझा लक्ष्य र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउन हामी तत्पर छौं’ हिडन ट्रेजरले जनाएको छ ।

मिस इन्टरनेसनलमा सहभागी हुन उरुषा मंगलबार राती टोकियोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?