News Summary
Generated by OK AI. Editorially reviewed.- सोलु हाइड्रोपावर कम्पनीले २ करोड कित्ता प्राथमिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
- संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहने गरी आईपीओ १ सय रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछ।
- कम्पनीले सोलुखुम्बु जिल्लामा ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ।
२५ कात्तिक, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीले २ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । जसमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ । यस कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4