+

चितवन राइनोजको ‘आइकोनिक प्लेयर’मा सौगात ढकाल

२०८२ कात्तिक  २५ गते १७:४३ २०८२ कात्तिक २५ गते १७:४३
चितवन राइनोजको ‘आइकोनिक प्लेयर’मा सौगात ढकाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले आयोजना गरेको ट्यालेन्ट हन्टबाट सौगात ढकाल आइकोनिक खेलाडी चयन भएका छन्।
  • एनपीएल दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ र चितवनले विदेशी खेलाडी रवि बोपारा र सोहेल तनभिरलाई निरन्तरता दिएको छ।
  • चितवनले कुशल मल्लसहित केही खेलाडीलाई रिटेन गरेको र देव खनाल, अर्जुन साउदलाई अनुबन्ध गरेको छ।

२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’बाट आइकोनिक खेलाडीमा सौगात ढकाल चयन भएका छन् ।

दाँयाहाते लेग स्पीन बलर ढकाल ‘आइकोनिक प्लेयर’ बन्दा दाँयाहाते पेस बलर सक्रिय कार्की र बाँयाहाते पेस बलर नरेश प्रधान डेभलपमेन्ट स्क्वाडमा परेका छन्।

कार्यक्रम हेटौंडा, टाँडी र भरतपुरमा सम्पन्न भई अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले ट्यालेन्ट हन्टबाट नेपालभरका युवा खेलाडीमा रहेको क्रिकेटप्रतिको रुचि र क्षमता उजागर भएको बताउँदै यस्ता प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने प्रतिबद्धता व्यक्त गरे।

चितवनले दोस्रो संस्करणका लागि विदेशी खेलाडीहरू रवि बोपारा र सोहेल तनभिरलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ भने इंग्ल्यान्डका डाविड मलान र सेफ अली जैब तथा युगान्डाका अल्पेश रमजानीलाई पनि अनुबन्ध गरेको छ ।

मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय