+
+
Shares

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : असन्तुष्ट पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित १० जना घाइते

मधेश भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका आन्दोलनकारी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:२९

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् ।

मधेश भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका आन्दोलनकारी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

घाइते प्रदर्शनकारीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेश भवनभित्र जाँदा अवस्था तनावग्रस्त बनेको थियो ।

मधेश भवनभित्र यादवले पदभार ग्रहण गरिरहँदा बाहिर आन्दोलन चर्किएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठी प्रहारबाट ५ जना प्रदर्शनकारी घाइते भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?