+
+
Shares

गृहमन्त्रीलाई सुदनले भने- बरु कानून मन्त्रालयतिर जाने हो कि !

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १२:२६

२७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्रीको काम कारबाहीमाथि प्रश्न उठाएका छन् ।

जेनजी आन्दोलनको स्प्रिड अनुसार चल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले काम गर्न नसक्ने भए पहिले दिएको वचन अनुसार मन्त्रालय छोड्न सुझाव समेत दिए ।

काठमाडौं महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा त्यहीँ पुगेका गुरुङले काम गर्न गृहमन्त्री अर्यालले खुट्टा कमाइरहेको बताए ।

उनले गृह मन्त्रालयमा काम गर्न नसक्ने भए उनको विज्ञता रहेको कानून मन्त्रालय सम्हाल्न सुझाव समेत दिएका छन् ।

‘गृहमन्त्रीको स्प्रिड नै छैन । खुट्टा कमाउनुहुन्छ । किन कमाउनुहुन्छ थाहा छैन । एउटा रिक्वेस्ट के छ भने स्प्रिडमा काम गर्नु पर्‍यो’, उनले भने, ‘काम गर्न सक्नुहुँदैन भने उहाँले आफूले दिएको वाचा, ‘मैले काम गर्न सकिन भने, जेनजीको आन्दोलनलाई न्याय दिन सकिनँ भने छोड्दिन्छु भन्नु भएको थियो । त्यही अनुसार काम गर्न सक्नुभएन भने छोडेर कानुन मन्त्रालयतिर जाने हो कि । ’

उनले अहिले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरुको आवश्यकता रहेको उनले बताए । गृहमन्त्री बाहेक अन्य मन्त्रीहरुले भने जेनजी आन्दोलनको भावना अनुसार काम गरिरहेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?