News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली १४ सदस्यीय घोषणा भएको छ।
- मानमती विष्टको कप्तानीमा टोली गठन भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए।
- महासचिव झाले भने, "नेपालले महिला कबड्डी विश्वकपको फाइनलमा पुग्ने लक्ष्य राखेको छ"।
२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ ।
मानमती विष्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए ।
उपकप्तानमा जयन्ती बडु छन् । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य छन् ।
मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी छन् ।
यसअघि भारतमा हुने भनिएको महिला कबड्डी विश्वकप बंगलादेशमा सारिएको हो ।
नेपालले महिला कबड्डी विश्वकपको फाइनलमा पुग्ने लक्ष्य राखेको महासचिव झाले बताए ।

प्रतिक्रिया 4