+
+
Shares

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १२:४२

काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए ।

पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो ।

रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक भने बाँच्न सफल भएका छन् ।

ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाका अनुसार दुर्घटना स्थल वरपरको भूभाग धेरै उबडखाबड थियो र यस क्षेत्रमा पहिले पनि धेरै गम्भीर दुर्घटनाहरू भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?