+
+
Shares

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्दैछौं : गृहमन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १४:०४

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधन गर्न लागिएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘हामी विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे कानुन संशोधन प्रक्रिया अगाडि बढाएका छौं,’ गृहमन्त्री अर्यालले भने ।

प्राविधिक रूपमा कसरी काम गर्ने भनेर नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको उनले बताए ।

यसअघि गृह मन्त्रालयले आवश्यक ऐन संशोधन गर्ने गरी अध्यादेशको मस्यौदा सुझावका लागि निर्वाचन आयोग पठाएको थियो । आयोगले सुझाव दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?