+

समिर अली लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

२०८२ कात्तिक  २७ गते १७:१३ २०८२ कात्तिक २७ गते १७:१३
समिर अली लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि समीर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ।
  • लुम्बिनी लायन्सले आशुतोष पाण्डे र दिनेश बोहरालाई 'हिरो' खेलाडीको रुपमा चयन गरेको छ।
  • लुम्बिनी लायन्सले विदेशी खेलाडीमा अष्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नइब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ।

२७ कात्तिक, भैरहवा । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ ।

लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।

कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी छनोट गरिएको हो ।

आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू-१९ र यू-१६ प्रतियोगिता समेत खेलेका छन् ।

यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको ‘हिरो’ खेलाडीको रुपमा छनोट भएका छन् ।

अब समीर अली लुम्बिनी लायन्सको मुख्य स्क्वाडमा समावेश हुनेछन् भने आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन् ।

ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडी सहभागी रहेको र त्यसमा अभ्यास खेलहरु खेलाएर आइकोनिक प्लेअर छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए ।

‘हामी ट्यालेन्ट हन्टका लागि एक सय जना जति खेलाडी छानेर केही अभ्यास म्याचहरु खेलायौँ । त्यसबाट उत्कृष्ट खेलाडि आइकोनिक प्लेअरको रुपमा छनोट गरेका छौँ । उनीहरु नयाँ छन् तर धेरै सम्भावना छ । आशा छ भविष्यमा राम्रो गर्नेछन्’ गौचनले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यस पटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षक गर्दै तयारी तीव्र बनाएको छ । एनपीएल दोस्रो संस्करण टीयू मैदानमा फ्लडलाइटमा हुने भएकोले लुम्बिनी लायन्स टिमले एक्स्ट्राटेकमा फ्लडलाइटमा प्रशिक्षक गरेको थियो । त्यसले खेलमा फाइदा पुग्ने टिमको विश्वास छ ।

लुम्बिनीले विदेशी खेलाडीमा अष्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नइब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ चने बाँकी विदेशी खेलाडी चाँडै सार्वजनिक गरिनेछ ।

लुम्बिनी लायन्सको टोली

रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, समीर अली मुसलमान
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षकः टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन
सहायक प्रशिक्षक : सुबास खकुरेल

लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय