News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजलाई ३-१ को सेटमा हराएको छ।
- काठमाडौंले २५-१९, २५-१७, १२-२५, २५-१८ को सेटमा विजयी हुँदै तालिकाको तेस्रो स्थानमा उक्लेको छ।
- पोखराले पाँच खेलमा १ जित र ४ हारसहित ४ अंक जोडेर लिग सकाएको छ।
२७ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजलाई हराएको छ ।
बिहीबार भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको हो । पोखराविरुद्ध काठमाडौं २५-१९, २५-१७, १२-२५, २५-१८ ले विजयी भयो ।
चार खेल खेल्दा दोस्रो जित निकालेको काठमाडौं ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
पोखराले भने पाँचै खेल खेलिसक्दा जम्मा १ जित ४ हारका साथ ४ अंक जोडेर लिग सकाएको छ ।
प्रतिक्रिया 4