२७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छाको सांसद पद र पार्टीको साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरिएको छ ।
पार्टी अनुशासन समितिले उनको पद र साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको हो ।
यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको थियो
अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । उनी पार्टीको सल्लाह भन्दा बाहिर बसेर मधेश सरकारको मन्त्री नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया 4