+
+
Shares

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १६:०२

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाएको हो ।

‘…सो सम्बन्धमा तपाईंलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ सिटौलाले उनलाई पठाएको पत्रमा उल्लेख छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए ।

मधेशमा रातारात एमाले नेतृत्वमा सरकार गठन भएपछि विवाद बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?