+
+
Shares

पदमुक्त भएका मधेशका ५ सांसदले मागे हाजिरी रेकर्ड

प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:०२

२८ कात्तिक, जनकपुरधाम । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् ।

प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिको सम्पूर्ण हाजिरी लगायतका कागजपत्रहरू उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसदहरू सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए ।

यसरी पदमुक्त गरिनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद सिंह, यादव, जसपाका सांसद मनिषकुमार सुमन, सप्तरी, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार थिए ।

सभामुख मण्डलले कारबाही गरेको सूचना बाहिरिएसँगै उपसभामुख बबिताकुमारी राउत ईशरले त्यसको प्रतिवाद गर्दै कारबाही बदर भएको सूचना निकालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?