+

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो

२०८२ कात्तिक  २८ गते १८:१८ २०८२ कात्तिक २८ गते १८:१८
एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजलाई ३-२ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ।
  • काठमाडौंले ५ मध्ये ३ खेल जितेर ८ अंक जोडेको छ र कर्णाली यशविस तथा ललितपुर क्विन्स फाइनलमा पुगेका छन्।
  • फाइनल खेल भोलि कर्णाली यशविस र ललितपुर क्विन्सबीच हुनेछ।

२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो बनेको छ । शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी लाभाजलाई हराउँदै काठमाडौं तेस्रो बनेको हो ।

काठमाडौंले लुम्बिनीलाई ३-२ को सेटमा हरायो । लुम्बिनीविरुद्ध काठमाडौं २३-२५, २४-२६, २५-१७, २५-१६ र १५-६ को सेटमा हराएको हो ।

सुरुवाती २ सेट जित प्रतिस्पर्धात्मक रूपले गुमाएपनि काठमाडौंले पुनरागमन गरेको हो ।

काठमाडौं ५ मध्ये ३ खेल जित्दै ८ अंक जोडेर तेस्रो भयो ।

कर्णाली यशविस र ललितपुर क्विन्स यसअघि नै फाइनल पुगिसकेका छन् र लिगको अन्तिम खेलमा यही दुई टिम अहिले खेल्दैछन् ।

फाइनल खेल भोलि हुनेछ ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय